बल्र्ड नेवा अर्गनाईजेशनको दोश्रो अधिवेशन अमेरिकाको बाल्टीमोरमा

world-newah-organizationकाठमाडौं, २७ पुस । बिश्वभरी छएर रहेका नेवारहरुको छाता संगठन बल्र्ड नेवा अर्गनाईजनेशनको दोश्रो अधिबेशन आउदो २५, २६ र २७ मार्चमा अमेरिकाको बाल्टीमोर स्थित होटल सेरातनमा हुने भएको छ । सम्मेलनमा भाग लिनको निमित्त बिश्वभरी छरिएर रहेका संपूर्ण नेपालीहरुलाई, अतिथि, साहित्यीक भाषाप्रेमी, कलाकार लगायत बल्र्ड नेवा अर्गनाईजेशनका सदस्यहरुलाई पत्राचार गरिएको छ । यस संस्थाको प्रमूख उद्देश्य बिश्वभरी छरिएर रहेका नेवा समूदायका दाजुभाई तथा दीदीबहिनीहरु लगायत नेवा गुठीहरुलाई एउटै छानामुनी एकतावद्ध गर्ने र नेपालको मौलिख नेपाल भाषा र नेवा संस्कृतिलाई बिश्वमा चिनाउनु रहेको वल्र्ड नेवा अर्गनाईजेशनका अध्यक्ष बालगोपाल श्रेष्ठले बताए । दोश्रो अधिबेशनमा पनि नेपालीको मौलिख भाषा नेपाल भाषा र नेवार संस्कृतिलाई बिश्वमाझ चिनाउन आफ्नो अमूल्य योगदान दिन संपूर्ण नेपालीहरुलाई बल्र्ड नेवा अर्गनाईजेशनले आब्हान गरेको छ । बल्र्ड नेवा अर्गनाईजेशनका अध्यक्ष डा. बालगोपाल श्रेष्ठ, उपाध्यक्ष दया रत्न शाक्य, महासचिव डा. नारायणराज भण्डारी, नेपाल च्याप्टरका अध्यक्ष नगेन्द्र भक्त हाडा र सिजन श्रेष्ठलगायतले उक्त सम्मेलनमा सहभागि हुन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

Source: http://www.onlinechautari.com/2016/01/60046#sthash.1cXtZjQh.dpuf