वर्ल्ड नेवाः अर्गनाइजेसनको गठन

wnoअगष्ट २१, २०२० को दिन बिश्वभरि छरिएर बसोबास गर्दै आएका नेवारहरुको टेलीकन्फीरेन्स “नेवारको निमित्त नेपालबाट बाहिर बसेका नेवारहरु” भन्ने मूल नाराका साथ वल्र्ड नेवाः अर्गनाइजेसनको तदर्थ कमिटि गठन गरेको भएको छ ।

नवगठित वल्र्ड नेवाः अर्गनाइजेसन तदर्थ कमिटिमा अध्यक्ष दयारत्न शाक्य ओरेगन अमेरीका तीन जना उपाध्यक्षहरु सुवर्ण बज्राचार्य टोकियो जापान त्रिभुवन तुलाधर भर्जिनीया अमेरीका डा। बालगोपाल श्रेष्ठ अक्सफोर्ड बेलायत सर्वसम्मती बाट चुनीएका छन भने बिभिन्न देशका २१ जना सदस्य सहित जम्मा २५ जनाको वल्र्ड नेवाः अर्गनाइजेसन तदर्थ कमिटि गठन भएको छ । तीन घण्टा सम्म चलेको उक्त बिश्व नेवार टेलिकन्फरेन्सको संचालन डा रोशन श्रेष्ठ मेरिल्याण्ड अमेरीकाले गर्नुभएको थियो । यस तदर्थ कमिटिमा जापान अमेरिका क्यानाडा बेलायत अस्ट्रेलिया भारत सिक्किम यु।ए।ई। बेल्जियम नेडरल्याण्डय् जर्मनीमा बसोबास गरिरहेका नेवारहरुको प्रतिनिधित्व रहेको छ । यस वल्र्ड नेवाः अर्गनाइजेसन तदर्थ कमिटि गठन पछि पहिला बनेको छ जनाको कोअर्डिनेटिङ्ग कमिटि स्वत भंग भएको जानकारी पनि उक्त कमिटिको अध्यक्ष श्री दयारत्न शाक्यले दिनुभयो ।

बिश्वभरि छरीएर रहेका नेवारहरुको बिचारः खलः पुचः गुथि सबैलाइ संगठित तथा एकत्रीट गरी लानलाई पनि वल्र्ड नेवाः अर्गनाइजेसनको आवश्यक भएकोले नेपाल भित्र तथा नेपार बाहिर बसेका संपुर्ण नेवारहरु बाट सहयोग गरीदिन हार्दिक अनुरोध गरेको छ । पुर्ण जानकारीको लागि हेर्नुहोस http://www.worldnewah.org/

श्रोत –
http://www.solidaritykhabar.com/news.php?cid=2153